• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चा र श्रीमानसहित परिवारको रिपोर्ट नगेटिभ


  • खुला नेपाल
  • सोमवार, जेष्ठ ५, २०७७
  • 9.1K
    SHARES

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शिशु र परिवारका अन्य सदस्यको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गत बिहीबार मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलामा कोरोना पुष्टि भएपछि उनका श्रीमानसहित परिवारका सदस्यको नमुना संकलन गरी परीक्षण गरिएको हो ।

नवजात शिशुमा भने जन्डिसको समस्या देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा.सुमन ताम्राकारले जानकारी दिनुभयो ।

परिवारका सदस्यको रिपोर्ट नगेटिभ आएसँगै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शनिबार नै पशुपतिमा दाहसंस्कार गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा बैशाख २३ गते सुत्केरी भएकी उनलाई २५ गते डिस्चार्ज गरिएपछि सिन्धुपाल्चोक बाह्रबिसे घर लगिएको थियो ।

तर, श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखे अस्पताल ल्याइएको थियो । स्वास्थ्य मन्त्रालयले उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया