• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

हाम्रो भूमि बेकारमा भारतले अकुपाई, सरकार ढाल्ने कल्पना नगरे हुन्छ : प्रधानमन्त्री ओली


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 13.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशको आशिर्वादबाट यो सरकार ढल्ने, ढाल्ने कल्पना नगरे हुन्छ भनी चेतावनी दिनुभएको छ ।

सोमबार संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नमा जवाफ दिंदै उहाँले छिमेकी मुलुकहरुप्रति लक्ष्य गर्दै त्यस्ता कुनै प्रयास नगर्न सुझाव राख्नुभएको हो ।
यो जनमतबाट निर्वाचित सरकार रहेको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘यो सरकार कुनै देहशको आशिर्वादबाट ढल्ने, ढाल्ने कल्पना नगरे हुन्छ । यो नेपाली जनताको इच्छाको प्रकटीकरण हो ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा स्वीकृत गरेको र भारतले अकुपाई गरेकोले कुटनीतिक प्रयास गरी फिर्ता गर्ने बताउनुभयो ।

‘२०१८ सालसम्म नेपालले नै जनगणना गर्ने, तिरो उठाउने काम भइरहेको थियो । सन १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपश्चिममको भूभागमा जान ब्लक गरियो । त्यतिबेलाका शासक मौन बसे, ओलीले भन्नुभयो-‘अब लिम्पियाधुरा, कालापानी र लिपुलेकमा यो सरकार चुप बस्दैन । हाम्रो भूमि बेकारमा भारतले अकुपाई गरेर विवाद आइरहेको छ । यस विषयलाई सेलाउन पनि दिइदैन । कुटनीतिक प्रयासबाट फिर्ता लिइनेछ ।’

प्रतिक्रिया