• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

‘विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गरिन्छ’


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 11.7K
    SHARES

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका आफ्ना नागरिकलाई प्राथमिकताको आधारमा फिर्ता ल्याउने बताउनु भएको छ ।

विदेशमा रहेका नागरिकलाई कहिले ल्याइन्छ भन्ने सवालमा प्रधानमन्त्रीले जो आपत विपतमा परेका छन् उनीहरु पहिलो प्राथमिकतामा पर्छन् भन्दै विदेशी भूमिमा रहेकाको बसोबासको व्यवस्थापनका सवालमा कूटनीतिक तवरबाट व्यवस्थापन भइरहेको जानकारी दिनु भयो ।

प्रधानमन्त्रीको जवाफपछि पूरक प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले ‘यो सरकार कुनै देहशको आशिर्वादबाट ढल्ने, ढाल्ने कल्पना नगरे हुन्छ । यो नेपाली जनताको इच्छाका कारण बनेको सरकार भएकाले कसैले केही गर्न नसक्ने बताउनुभयो । बरु सांसद्हरुलाई नेपाली भएर बाँच्न र नेपालको माया गर्न पछि नपर्न आग्रहसमेत गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने र पूरक प्रश्नहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लिपुलेकको सडक सम्बन्धमा चीनसँग पनि कुराकानी भइरहेको बताउनु भयो । प्रधानमन्त्रीको सम्बोधनपछि आजको कार्यक्रम समापन भएको छ ।

प्रतिक्रिया