करोडौँ प्रजातिको संसार यो घर रहेछ
संसारमा उही मान्छेको थर अनेक रहेछ ।
मान्छे र बाघमा धेरै डर कसको रहेछ
हेर्दा मान्छे उस्तै छ स्वभाव फरक रहेछ ।
मरुभूमि र जंगलको बीचमा अनेकता रहेछ
बाघ र जरायोको घर बास एक रहेछ ।
जल, स्थल, आकाश सबैतिर जीव रहेछ
पृथ्वीमा बाँच्न पाउने सबैको समान हक रहेछ ।
जन्मदेखि मृत्युसम्म प्रकृतिले थामेको रहेछ
सत्य यो स्वीकार्न मान्छेमा के को धक रहेछ ?
हजारौँ आज प्रजातिको विनाश भइरहेछ
मान्छे मात्र पृथ्वीमा आज भोक मेटिरहेछ ।
मान्छे बाँच्न चाहिने प्रकृति सदा रहेछ
प्रकृतिमाथि मान्छेको दोहन बेठीक रहेछ ।
सुख समृद्धि ल्याउँछु भन्दा उल्टै दुःख आइरहेछ
कोरोनाले धर्तीमा आफैं भकाभक मरिरहेछ ।
सबैलाई हुने प्रकृतिले धर्ती दिएको रहेछ
हरेक समस्याको समाधान प्रकृति एक रहेछ ।
९ जेठ २०७७
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
