काठमाडौं । शुक्रबार बिहानदेखि थपिँदै गएको कोरोना संक्रमितको संख्या रातिसम्म कायम रह्यो । स्वास्थ्य मन्त्रालयको रातिको बुलेटिनमा बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस प्रभावित ५१६ पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२ देखि ४५ वर्षसम्मका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उहाँहरु सबैको अहिलेसम्मको अवस्था सामान्य रहेको छ । संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
