काठमाडौँ । बाँकेको नरैनापुर नेपालको कोरोना संक्रमणका लागि इपिसेन्टरजस्तै हुन थालेको छ । दिनदिनै त्यस क्षेत्रमा संक्रमितको संख्या बढिरहेको छ । केही दिनको विश्लेषणअनुसार नरैनापुरमा भारतबाट फर्किका करिब सबैजसोमा कोभिड–१९ संक्रमित भेटिएका छन् । यो क्रम शनिबार पनि कायम रह्यो । यहाँमात्रै शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले २७ जनामा कोरोना भएको पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर, बर्दिया, बैतडी, झापा र सुर्खेतमा गरी ३६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । शनिबार बिहान पनि स्वास्थ्य मन्त्रालयले ३२ जनामा कोरोना देखिएको जनाएको थियो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या अब ५ सय ८४ पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बाँकेको नरैनापुरमा २७, बैतडीको शिवनाथ गाउँपालिकामा ४, झापाको झापा गाउँपालिकामा १, बर्दियाको बढैयाताल गाउँपालिकामा १ र सुर्खेतका ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
नेपालमा सीमापारि भारतीय भूमिबाट फर्किनेको संख्या थपिएसँग कोरोना भाइरस संक्रमित पनि दिनदिनै बढ्दै गएका छन् । नेपाल भित्रिने थपिएपछि मन्त्रालयले पनि परीक्षणको दायरा पनि बढाएको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण गरिएको छ भने पीसीआर विधिबाट पन ि४५ हजार ९ सय ५७ जनाको परीक्षण गरिएको छ ।
योसँग कोरोना भाइरसबाट विजय प्राप्त गर्नेको संख्या पनि बढ्दै छ । शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् ९ जना घर फकिएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ८९ पुगेको छ । हिजोमात्रै बाँकेमा २१ जना घर फर्किका थिए ।
आज घर फर्कनेहरुमा पर्सा र रौतहटका ३र३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् । उनीहरुको पछिल्लो दुई पटक परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
