काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रन्त बनेको छ । धेरै मजदुरहरुको रोजिरोटी खोसेको छ कोरोनाले ।
कोरोनाका कारणले अप्ठ्यारोमा परेका मानिसहरुलाई विश्व साइकल यात्री पुस्कर शाह र कुपन्डोल हाइडका ग्रिन विनस् क्याफेका संचालक निरा बरालको टोलीले तातो खाना खुवाउने अभियानको अगुवाई गरिरहेका छन् ।
ठमेल क्षेत्रमा १५० जनालाई र जावालाखेलमा १५० जना गरी हरेक दिन ३०० जनाले खाना पाइरहेका छन् ।
तातो खाना खुवाउने अभियान ३७ औ दिन भएको छ ।
अहिले खाना खुवाउनको लागि आर्थिक समस्या पर्दै गएको शाहले खुलानेपाललाई जानकारी गराउनुभयो ।
आइतबार तातो खाना जापुरा ह्युमन रिसोर्स सर्भिसेसका संचालक तथा हलि फिलिमका निर्माता लायन्स प्रभु आर टिका समाजसेवीद्धय पुजा गुरुङ र जस्मीन श्रेष्ठ तथा नेपाली रैथाने खाना खोज यात्रा १०१ दिनेका अभियन्ता, ग्लोवल नेप्लीज सेफ फेडेरेशनका सचिव, लायन्स क्लव प्रसन्न सेफका चार्टर प्रेसिडेन्ट युवा सेफ प्रेमलाल घिसिङले खुवाउनुभयो ।
उहाँहरुले नेपाली परिकार बनाएर खुवाउनु भएको थियो ।
उहाँहरुले यसरी केही दिनको लागि तातो खाना खुवाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
सहयोगी हातहरुलाई धन्यबाद दिदै अन्यबाट समेत एक दुइ छाक मात्र भए पनि खुवाउनु अनुरोध शाहले गर्नुभयो ।
‘यति बेला भोक बाँडेर खाने बेला हो, विश्व साइकल यात्री शाहले बताउनुभयो ।
यसरी समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा आफ्नो मनमा खुसि र आनन्द मिलेको पुजा गुरुङ र जस्मीन श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।
हुने खाने वर्गले यस्तो बेलामा सहयोग गर्नु पर्ने उहाँहरुको भनाई छ ।
मानव जीवनमा गाँस, बाँस र कपास मध्येमा गाँस प्रमुख रहेको र यसलाई सफा र स्वच्छ बनाएर खानु र खुवाउनु पर्ने सेफ प्रेमलाल घिसिङले बताउनुभयो ।
अब नेपालीहरुले आफ्नो रैथाने बालीलाई प्रथामिकतामा राखेर यसैको रैथाने परिकार बनाएर भोजन गर्नु पर्ने र स्वदेशमै आत्मनिर्भर हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य



