• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भारतमा जुलाईसम्ममा ६ देखि २१ लाख कोरोना संक्रमित हुने


  • खुला नेपाल
  • सोमवार, जेष्ठ १२, २०७७
  • 11.9K
    SHARES

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित देशहरुको सूचीमा भारत दशौँ नम्बरमा आइपुगेको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिदै गएको भारतमा आगामी जुलाई महिनासम्ममा संक्रमितको संख्या केही लाख पुग्ने सोधकर्ताहरुले अनुमान गरेका छन् ।

भारतमा अहिलेसम्म १ लाख ३८ हजार ८ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा हालसम्म ४ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित संख्या अमेरिका रहेको छ । यस्तै, ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्की कोरोनाबाट बढी प्रभावित भएका छन् ।

विज्ञहरुले भारतमा अझै कोरोना संक्रमण दर नघटेको बताएका छन् । तर, भारत सरकारले भने विभिन्न राज्यहरुमा लागू गरेका लकडाउन खुकुलो बनाउँदै लगेको छ ।

युुनिभर्सिटी अफ मिसिगनका महामारी रोग विशेषज्ञ प्राध्यापक भ्रमर मुखर्जीले जुलाई महिनासम्ममा भारतमा ६ लाखदेखि २१ लाखसम्म कोरोना संक्रमितको संख्या पुग्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा मुखर्जीले यस्तो बताउनु भएको हो ।

भारतमा कोरोना बिरामीको संख्या बढ्दै जाँदा उपचारका लागि बेडको अभाव हुन थालेको समाचारसमेत आउन थालेको छ । सरकारले सबै बिरामीलाई अस्पताल भर्ना गर्नु नपर्ने जनाउँदै अस्पतालको क्षमता विस्तारका लागि काम भइरहेको जनाएको छ ।

यद्यपि, कतिपय बिरामीका परिवार उपचारका लागि विभिन्न अस्पतालमा भौतारिनु परेको बताइएको छ । सरकारी तथ्यांकअनुसार भारतमा ७ लाख १४ हजार बेड रहेका छन् । यसअघि सन् २००९ मा भने ५ लाख ४० हजार बेड रहेको थियो ।

प्रतिक्रिया