• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोनाका कारण विश्वमा १ सय २१ नेपालीको मृत्यु


  • खुला नेपाल
  • आइतवार, जेष्ठ १८, २०७७
  • 14.8K
    SHARES

काठमाडौं । विश्‍वमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १ सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संघकाअनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुबेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै अमेरिकामाज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।

त्यस्तै, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ । विदेशमा १४ हजार ४ सय २५ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिकाअनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया