काठमाडौं । दुई अमेरिकी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका छन् ।
अन्तरिक्ष यात्री लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेसएक्ससँगको सहकार्यमा पठाएको उक्त यानमा अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन रहेका थिए ।
अमेरिकाले एक दशकपछि आफ्नै भूमिबाट पहिलो पटक उक्त यान अन्तरिक्षमा पठाएको हो । त्यसअघि नासाले सटल्स नामको अन्तरिक्ष यानमार्फत अन्तरिक्ष यात्रीलाई पठाउँदै आएको थियो ।
उक्त प्रणाली बन्द भएपछि अमेरिकाले रुसी यानमार्फत अन्तरिक्ष यात्री पठाउने गरेको थियो ।
यो मिसनले सफलता पाएसँगै नासाले आफ्नै अन्तरिक्षयान नभई व्यवसायिक क्षेत्रको यान प्रयोग गर्ने नयाँ युगको थालनी गरेको छ ।
This is the first time in human history @NASA_Astronauts have entered the @Space_Station from a commercially-made spacecraft. @AstroBehnken and @Astro_Doug have finally arrived to the orbiting laboratory in @SpaceX‘s Dragon Endeavour spacecraft. pic.twitter.com/3t9Ogtpik4
— NASA (@NASA) May 31, 2020
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
