काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम आइतबार पनि रोकिएन । विगत पछिल्लो २४ घन्टामा नेपालमा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँहरुमध्ये २०९ जना पुरुष हुनुहुन्छ भने ४ जना महिला हुनुहुन्छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अब ३४ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मुलुकका विभिन्न २१ कोरोना परीक्षण प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको पीसीआर परीक्षणमा २१३ जनामा कारोना भाइरस संक्रमण देखिएको हो । हिजो शनिबार भने मुलुकमा ३२३ जनामा कोरोना पुष्टि भएको थियो ।
कोरोना भाइरस संक्रमित भई विभिन्न अस्पतालमा उपचार गराई रहनु भएका व्यक्तिहरु आज पनि घर फर्किएका छन् । आइतबार मुलुकका विभिन्न अस्पतालमा बसेर कोरोनासँग लडाइँ लडिरहेका १०२ जनाले विजय प्राप्त गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना युद्धमा विजय प्राप्त गर्नेको संख्या अब ४६७ पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
