• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

संक्रमित ३७६२ पुगे, १४ को मृत्यु


  • खुला नेपाल
  • सोमवार, जेष्ठ २६, २०७७
  • 7.4K
    SHARES

 

काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

कुल ७१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया