• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

कोरोनाबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, संक्रमित संख्या ७२ लाख नाघ्यो


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ २७, २०७७
  • 6.9K
    SHARES

काठमाडौं (एजेन्सीहरु) । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण ४ लाख ८ हजार ९ सय ७५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १ सय ९६ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक बुलेटिनमा जनाएको छ ।

कोरोना भाइरसबाट संक्रमित ३५ लाख ५० हजार ५ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। ३२ लाख ५० हजार ६ सय ६२ संक्रमित व्यक्ति भने उपचाररत छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५ सय ९७ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया