• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा


  • खुला नेपाल
  • बुधबार, जेष्ठ २८, २०७७
  • 25.1K
    SHARES

तस्वीर : सुरेश कुमार कार्कीको फेसबुकबाट

काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ ।

कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गर्नु भएको हो ।

२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त हुनु भएको थियो । उहाँको कार्यकाल पूरा हुन सात महिना मात्रै बाँकी थियो ।

उहाँले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख गर्नु भएको छ ।

केही समय अघि रेडियो नेपालबाट प्रसारण डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिने स्पष्टीकरण माग गरेसँगै उहाँ चर्चामा आउनु भएको थियो ।

लगत्तै मन्त्रालयका तत्कालीन सचिव दीपक सुवेदीले मन्त्रिपरिषद्को १२/०९ को निर्णयअनुसार थप ७ दिने स्पष्टीकरण पेस गर्न भन्नुभएको थियो ।

जसमा मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकाँकहरुमा सन्तोषजनक प्रगति हुन नसक्नुका कारण र वार्षिक कार्यक्रमहरू समयमा सम्पन्न हुन नसकेको विषयलगायत रेडियो नेपालका अन्य विषयहरू जोडेर स्पष्टीकरण माग गरिएको थियो ।

प्रतिक्रिया