जनकपुरधाम । धनुषामा प्रहरी हिरासतभित्रै एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
धनुषाको सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी हिरासतभित्रको शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय सबैला धनुषाको हिरासतमा रहेका मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।
घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गर्ने क्रममा इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड भएको हो ।
स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन गएको इलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गर्दा प्रहरीको भ्यानमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
भीड नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
प्रहरी हिरासतमा मृत्यु भएका युवकको रहस्यमय मृत्यु भएकोले घटना छानबिन गर्न स्थानीय माग गरेका छन् । मृत भेटिएका मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी थिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
