• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भैंसी किन्दा सिंग हेर्ने हो र ? : प्रधानमन्त्री ओली


  • खुला नेपाल
  • बुधबार, जेष्ठ २८, २०७७
  • 13.8K
    SHARES

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो कामलाई विषयान्तर गरी नराम्रो मात्र खोज्नुलाई भैंसी किन्दा दूध नहेरेर सिंग हेर्नुजस्तै रहेको भनी टिप्पणी गर्नुभएको छ ।
संसदमा बुधवार विनियोजन विधेयकमा सांसदहरुले उठाएको जवाफ दिंदै ओलीले भैंसी बेच्ने चलाख मान्छेको किस्सा राख्दै २ वर्षका बीचमा सरकारले गरेका राम्रा काम हेर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भैंसीको किस्सा यसरी सुनाउनुभयो –

‘भैंसी व्यापारीले भैँसी बेच्ने भएछ । किन्ने मान्छे आएपछि सोधेछ, ‘दूध कति दिन्छ भैँसीले ?’ व्यापारीले भनेछ, ‘भैँसी किन्दा खासगरी दूध कति दिन्छ भन्ने मतलब हुँदैन, सिङ हेर्नुपर्छ सिङ । सिङ कस्ता छन् हेर्नुस् न !’ उसले तेल लगाएर सिङ चिल्ला पारेर राखेको रहेछ । अब भैँसीको सिङले के गर्ने ? दिनुपर्ने दूध हो ।’

नेपाली कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री ओलीलाई सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गर्नुभएको थियो ।  त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा पार्न अर्को-अर्को कुरा गर्ने गरिएको भन्दै चलाख भैँसी व्यापारीको यो कथा सुनाउनुभयो ।

उहाँले बाटोघाटो, पुल, पानीजहाज बनेको प्रसंग ल्याउँदै विकासमा भएको उल्लेखनीय कामको चर्चा गर्न पनि आग्रह गर्नुभयो ।

एक जना सांसदले सरकारका काममा प्रधानमन्त्री आफै कति प्रतिशत सन्तुष्ट हुनुहुन्छ भनी जिज्ञासा राख्नुभएको थियो ।

उक्त प्रश्नमा बोल्दै ओलीले सतप्रतिशत त आफू पनि नभएको तर अधिकतम सन्तुष्टी भने रहेको बताउनुभयो ।

प्रतिक्रिया