• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नयाँ नक्साको विरोधमा सरिताको संसोधन, पार्टीले कारवाही गर्ने


  • खुला नेपाल
  • बुधबार, जेष्ठ २८, २०७७
  • 11.6K
    SHARES

काठमाडौं– जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छन् । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

जसपाका नेताहरुले भने गिरीको संशोधन दर्तालाई व्यक्तिगत भनी टिप्पणी गरेका छन् ।

भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको, लिम्पियाधुरा चिन्दिन भन्दै गिरीले संसदमा विरोध गरेकी थिइन् ।

विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफल नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

 

 

प्रतिक्रिया