• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

ऐतिहासिक दिन गयल सांसदहरु


  • खुला नेपाल
  • शनिबार, जेष्ठ ३१, २०७७
  • 46.3K
    SHARES

 

काठमाडौं । नयाँ नक्सासहितको संविधान संसोधन विधेयक पारित गर्नुपर्ने ऐतिहासिक दिन प्रतिनिधिसभाका १२ जना सांसदहरु गैरहाजिर भए ।
कोही अस्वस्थ भई, कोही काम विशेषले र कोही चाहिं यो कदमको विरोधमै ।

नेकपाका नेता हरिबोल गजुरेलले आफू अस्वस्थ भई संसद उपस्थित हुन नसकेको सार्वजनिक गरेका छन् । जनता समाजवादीका सांसद सरिता गिरी भने संसदमा पुगेपनि उनको प्रस्ताव अस्वीकार भएपछि बहिस्कार गरी हिंडेकी थिइन् ।

गिरीले संविधान संसोधनको विरोधमा प्रस्ताव दर्ता गरेकी थिइन् । केही सांसदहरु भने पहिले नै विभिन्न कारणले निलम्बित थिए ।

हेरौं विवरण-

संविधान संशोधनमा अनुपस्थित सांसदहरु

अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

निलम्बित (जो संसद बैठकमा भाग लिन पाउँदैन)

विजयकुमार गच्छदार
मो. आफताव आलम
हरिनारायण रौनियार
रेशम चौधरी

सभामुखलाई मत दिने अधिकार हुँदैन ।

– प्रतिनिधि सभामा कुल सांसद- २७५
– कुल उपस्थित सांसद- २५८
– प्रस्तावको पक्षमा – २५८
– संशोधनका लागि आवश्यक दुई तिहाइ हुन आउने संख्या- १८४

प्रतिक्रिया