• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आमाको दूधबाट कोरोना नसर्ने डब्लुएचओद्वारा स्पष्ट


  • खुला नेपाल
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 22.9K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएकी आमाको दूध खाँदा बच्चामा उक्त रोग नसर्ने स्पष्ट पारेको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रेयससले आफ्ना नवजात शिशुलाई स्तनपान जारी राख्‍न कोभिड-१९ पोजिटिभ देखिएका आमाहरूलाई अपील गर्नु भएको छ ।

“त्यसै पनि बयस्कको तुलनामा बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ। र, अन्य बिरामीबाट आमाको दूधले बचाउँछ,” गेब्रेयससले भन्नुभयो, “अहिलेसम्मको अनुसन्धानबाट आमाको दूधमार्फत कोरोना भाइरसको प्रसार नहुने स्पष्‍ट छ।”

स्वास्थ्यस्थिति धेरै खराब नभएका आमाले बच्चालाई दूध खुवाउन रोक्नु नपर्ने उहाँले बताउनुभयो ।

डब्लूएचओका रिप्रोडक्टिभ हेल्थ सल्लाहकार डा. अंशु बनर्जीले आमाको दूधमा कुनै पनि प्रकारको लाइभ भाइरस अहिलेसम्म फेला नपरेको बताउनु भयो । “त्यसैले आमाको दूधबाट भाइरस सर्दैन,” उहाँले भन्नुभयो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्स (सीडीसी)ले पनि आमाको दूधबाट कुनै पनि भाइरस सरेको प्रमाण नभएको बताएको छ। तर, कोभिड-१९ पोजिटिभ देखिएका आमाहरूले बारम्बार हात धुन र मास्क लगाउन आवश्यक रहेको सीडीसीले जनाएको छ ।

बेलायती सार्वजनिक स्वास्थ्य सेवा (एनएचएस)ले पनि सोही सल्लाह दिएको छ।

प्रतिक्रिया