काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिक सबैका अविभावक भएकाले उहाँहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।
कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबाट ज्येष्ठ नागरिकलाई जोगाउन सरकारले विशेष ध्यान दिएको समेत उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा सचेत रहन सबैलाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकप्रति गरिने हिंसा, अवहेलना र दुुव्र्यवहारविरुद्ध सबैले आवाज उठाउन अपिल गर्नुभयो ।
१५औँ ज्येष्ठ नागरिक दुुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसका अवसरमा शुभकामना दिँदै उहाँले संविधानको मर्म र भावना अनुरूप ज्येष्ठ नागरिक सम्बन्धी ऐन समयसापेक्ष बनाइने बताउनुभयो ।
बजेट मार्फत ज्येष्ठ नागरिक गृह स्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको चर्चा गर्दै उहाँले ज्ञान, सीप र अनुभव पुस्तामा हस्तान्तरण गर्न स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्ञान केन्द्र, ध्यान केन्द्रलाई व्यवस्थित र विस्तार गरिने बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

