• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

असार ४ सम्म सेयर बजार बन्द


  • खुला नेपाल
  • सोमवार, असार १, २०७७
  • 11.6K
    SHARES

काठमाडौं । नेपाली सेयर बजार ४ असारसम्म बन्द रहने भएको छ । कोरोना भाइरसका कारण बन्द रहेको सेयर बजार थप चार दिनको लागि बन्द गर्ने निर्णय नेप्सेले गरेको छ ।

आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई सेयर बजार नखोल्ने निर्णय गरेको हो । बैठकले असार ४ गते बिहीबारसम्मको लागि बजार बन्द गर्ने निर्णय गरेपनि ६ गतेसम्म बन्द हुनेछ । असार ५ गते शुक्रबार र ६ गते शनिबार भएकाले सो दिनसम्म बजार बन्द हुने भएको हो ।

असार ७ गते आइतबरदेखि भने बजार खुलाउने पक्षमा बोर्ड र नेप्से देखिन्छ । सरकारले लकडाउन थप गरेसँगै सेयर बजार पनि जेठ ३२ सम्मका लागि बन्द भएको थियो ।

सरकारले लकडाउन खुकुलो बनाएपनि सेयर बजार खुलाउनको लागि मोडालिटी तयारी नभइसकेकाले बोर्डले हालको लागि बजार बन्द गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया