• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण


  • खुला नेपाल
  • मङ्लबार, असार २, २०७७
  • 11.2K
    SHARES

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान १८ जना कोरोना संक्रमित थपिएसँगै कूल संख्या २ सय २३ पुगेको छ ।

आज थपिएकामा सबैभन्दा धेरै गोरखाका १० जना रहेका छन् । यस्तै, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ ।

यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया