काठमाडौं । अष्ट्रेलियाबाट नेपालीलाई ल्याउने नेपाल एयरलाइन्सको चार्टर उडानको मिति सरेको छ ।
भोलि असार ३ गते हुने भनिएको उडानको मिति आगामी असार ९ गते (२३ जुन २०२०) का लागि सारिएको छ ।
मिति सारिनुको कारण भने खुलाइएको छैन । अष्ट्रेलियाबाट दोस्रो उडान पनि असार १२ गते (२६ जुन २०२०) मा हुने क्यानबेरास्थिति नेपाली दूतावासले जनाएको छ ।
सो उडानमार्फत स्वदेश फर्कन आवेदन दिएकामध्ये सरकारले तोकेको प्राथमिकताका आधारमा छनोट गरिने दूतावासले जनाएको छ ।
सो उडानमार्फत भिसा अवधि सकिएका, स्वदेश फर्कनुपर्ने अबस्थाका विद्यार्थी, कोरोना बाहेक अन्य जटिल बिरामी, गर्भवती, भिजिट भिसामा गएर अलपत्र परेका, विभिन्न कारणले खान बस्न समस्या भएका वा रोजगारी गुमाएर अलपत्र परेकालाई प्राथमिकतामा राखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
