• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अमेरिकाबाट ४ वटा जहाजले नेपालीलाई ल्याउने


  • खुला नेपाल
  • मङ्लबार, असार २, २०७७
  • 13.8K
    SHARES

काठमाडौं । अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजका चार वटा जहाजले नेपालीलाई स्वदेश ल्याउने भएको छ ।

अमेरिकामा रहेको नेपाली दूतावासले यही असार ९ र ११ गते २-२ वटाका दरले ४ वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाण्डौ उडान गर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजले उडान भर्नेछन् । यसको लागि भाडा भने यात्रुले नै तिर्नुपर्नेछ ।

टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट, अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल फर्किएपछि सरकारले तोकेअनुसार क्वरेन्टीनमा बस्नुपर्ने नियम रहेको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया