काठमाडौं । पछिल्लो महिना कोरोना संक्रमणले भयावह बनाएको कर्णाली प्रदेशमा मंगलबार भने खुसी दिएको छ । आज एकै दिन कोरोना भाइरसको युद्ध जितेर १९१ जना घर फर्केका छन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले दैलेख जिल्ला अस्पतालबाट मात्र्र १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ डिस्चार्ज भएको सुर्खेतस्थित खुलानेपाल संवाददाताले जनाएका छन् ।
कर्णालीमा मंगलबारको सहित कोरोना सङ्क्रमित ३४२ जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि निको भएर घर जानेको संख्या भोलिपर्सिसम्म अरु बढ्ने स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । कोरोनाकै कारण कर्णाली प्रदेशमा तीन जनाको मृत्यु भइसकेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
