काठमाडौं । कतारबाट पहिलो चरणमा १ सय ४९ जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोना महामारीका कारण कतारमा समस्यामा परेका नेपालीलाई राजदूतावासको समन्वयमा पहिलो चरणमा नेपाल फर्काइएको हो ।
नेपाल एयरलाइन्सको विमानले दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ जना सुत्केरी/गर्भवतीसहित ८२ जना महिला, ३ जना बालबालिका र ६४ जना पुरुषलाई लिएर आज बिहान काठमाडौं आएको हो ।
नेपाल प्रस्थान गर्नु अघि विमानस्थलमा कतारका लागि नेपाली राजदूत र दूतावासका कर्मचारीहरुले नेपालीलाई बिदाई गरेका थिए ।
दूतावासले नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउने र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरणमा कतारबाट नेपालीलाई स्वदेश पठाएको जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
