• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भारतमा २४ घण्टामा करिब १५ हजार कोरोना संक्रमित थपिए, ३ सय १२ को मृत्यु


  • खुला नेपाल
  • मङ्लबार, असार ९, २०७७
  • 10.3K
    SHARES

फाइल तस्वीर

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले ४ लाख ४० हजार पार गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअवधिमा ३ सय १२ जनाको ज्यान गएको छ । यस्तै, देशभर मृत्यु हुनेको कुल संख्या १४ हजार ११ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा मात्रै संक्रमित व्यक्तिको संख्या एक लाख ३५ हजार धेरै पुगेको छ । त्यहाँ ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

महाराष्ट्रपछि राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यहाँ ६२ हजार बढी मानिस कोरोनाबाट संक्रमित छन् भने २ हजार २ सय ३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया