• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

मरिनाको भिडियो सार्वजनिक गर्ने सोनुको चेतावनी


  • खुला नेपाल
  • बिहिबार, असार ११, २०७७
  • 8.9K
    SHARES

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा परिवारवादको बहसले उग्र रूप लिएको छ । गायक सोनु निगमले संगीत जगमा फिल्म उद्योगभन्दा धेरै माफियाको राज भएको बताएपछि यसले सनसनी मच्चाएको छ ।

सोनु यतिमा मात्रै चुप लागेनन् । उनले टी सिरिजका हर्ताकर्ता भूषण कुमारलाई चेतावनी पनि दिए । सोनुले भने, ‘मसँग जोरी नखोज नत्र मरिना कुँवरको भिडियो युट्युबमा अपलोड गरेर भूषणकुमारलाई एक्सपोज गरिदिन्छु ।’

सोनुको यो भनाइपछि मरिनाको खोजी तीव्र भएको छ । आखिर मरिना को हुन् र उसको भिडियोमा के छ जसका आधारमा सोनुले भूषणकुमारलाई चेतावनी दिए ? अहिले यसको खोजी भइरहेको छ । फिल्म अभिनेत्री पायल रोहतगीसँग यो भिडियो छ जसमा मरिना एक टीभी च्यानलसँग कुरा गरिरहेकी छन् । भिडियोमा मरिना भूषणको बारेमा बोलिरहेकी छन् ।

मरिनाले भनेकी छन्, ‘एक म्युजिक भिडियोको सिलसिलामा हनी सिंहसँग म भूषणकुमारको अफिसमा गएको थिएँ । त्यतिबेला भूषणले आफू एक प्रेस कन्फ्रेन्समा व्यस्त भएको र पछि भेट्ने बताए ।’

पछि भूषणले आफ्नै घरमा भएको अफिसमा आउन र त्यहीं कुरा गर्ने भनेको मेरिनाको भनाइ छ । मरिना निर्धारित समयमा भूषणको घरस्थित अफिसमा पुगिन् । मरिनाको आरोप छ कि घर पुगेपछि भूषणले उनीमाथि दुर्व्यवहार गर्न थाले । त्यतिबेला श्रीमतीले बोलाएपछि उनी भागेको मरिनाको भनाइ छ ।

मरिना मोडल तथा अभिनेत्री हुन् । उनी सीआईडी र आहटजस्ता टीभी धारावाहिकका केही एपिसोडमा देखिएकी थिइन् । उनलाई अक्षय कुमारकी नायिका बन्ने मौका फिल्म ‘मिलियन डलर बेबी’ मा मिलेको थियो । तर फिल्म बनेन ।

अभिनेता मयूर बर्मासँग मरिनाको रोमान्स पनि चलेको थियो तर २०१६ मा दुवै अलग भए । उनलाई बिग बोस– ९ मा भाग लिने अवसर प्राप्त भएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया