काठमाडौं । नेपालमा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ति निकालेर थप २८ जनामा कोरानो संक्रमित भेटिएको जनाएको हो । आज नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ । यसै गरी चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
