• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बजेट अधिवेशन अन्त्य गर्न सिफारिस


  • खुला नेपाल
  • बिहिबार, असार १८, २०७७
  • 6K
    SHARES

 

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

‘संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीबिच शितल निवासमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया