नयाँ दिल्ली (रासस/एएनआई) । कोरोना भाइरसका कारण भारतमा एकै दिनमा झण्डै २५ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८ सय ५० सङ्क्रमित भेटिएका हुन् ।
दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार योसँगै भारतमा कुल सङ्क्रमित सङ्ख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ । तीमध्ये दुई लाख ४४ हजार ८ सय १४ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ४ लाख ९ हजार ८२ सङ्क्रमणमुक्त भएर घर फर्किसकेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या १९ हजार २ सय ६८ पुगेको छ । तीमध्ये ६ सय १३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
