• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

थपिए १ सय ८० नयाँ संक्रमित, २ सय ६४ जना घर फर्के

काठमाडौं उपत्यकामा भेटिए ५४ संक्रमित


  • खुला नेपाल
  • सोमवार, असार २२, २०७७
  • 7.6K
    SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम सोमबार पनि रोकिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार सोमबार मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका प्रयोगशालामा पछिल्लो २४ घन्टाभित्र गरिएको परीक्षणसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

कोरोना संक्रमण थपिने क्रममा सोमबार काठमाडौं उपत्यकामा ५४ जना नयाँ संक्रमित भेटिएको छ । जसमा काठमाडौंमा मात्रै २४ जनामा कोरोना पोजेटिभ फेला परेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणलाई पराजित गरी घर फर्कनेको संख्या पनि दिनदिनै बढिरहेको छ । मुलुकका विभिन्न जिल्लास्थित आइसोलेसन सेन्टरमा उपचार गराइरहनु भएका २ सय ६४ जना घर कोरोना युद्ध जितेर फर्कनु भएको छ । कोरोना सफल उपचारपछि घर फर्कनेको संख्या अब ६ हजार ८ सय ११ पुगेको छ ।

मुलुकभरका विभिन्न २५ प्रयोगशालामा पछिल्लो २४ घन्टाभित्र ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार यतिबेला नेपालका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना रहेका छन् भने आसोलेसनमा बसेर ९ हजार १ सय १८ जनाले उपचार गराइरहनु भएको छ ।

प्रतिक्रिया