• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नयाँ प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद बैठक बस्दै


  • खुला नेपाल
  • मङ्लबार, असार २३, २०७७
  • 30.7K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रमुख छनोटका लागि आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदै हुनुहुन्छ । उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनुहुनेछ ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल हुनुहुन्छ । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिनुहुन्छ ।

दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताउनु भएको छ । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गर्नुभएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

प्रतिक्रिया