• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शेयर बजार ३७ अङ्कले बढ्यो


  • खुला नेपाल
  • मङ्लबार, असार २३, २०७७
  • 12.7K
    SHARES

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर १ हजार ३३६.६६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अङ्कले बढेर २८२.५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९ सय ४८ कित्ता शेयर एक अर्ब २१ करोड २४ लाख २६ हजार २ सय ६७ रुपैयाँमा खरिदबिक्री भए ।

आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ २५.८३, व्यापार ३४.६१, होटल १२७.१, विकास बैंक ३४.८१, जलविद्युत् २६.४९, वित्त १९.४, निर्जीवन बीमा ३६५.४६, उत्पादन ४१.८३, अन्य २७.०५, लघुवित्त ७६.५५, जीवन बीमा १९८.३८ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको नौ करोड १२ लाख ६७ हजार ८३ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाख ३५ हजार १ सय २० रुपैयाँ, हिमालयन डिष्टिलरी ५ करोड ८६ लाख ६६ हजार ८८३ रुपैयाँ, एनएमबी बैंक ५ करोड ९ लाख २३ हजार १ सय ६१ र छिमेक लघुवित्त विकास बैंकको ४ करोड २४ लाख १९ हजार ६ सय २६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार मंगलबार मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै हिमालयन जनरल इन्स्योरेन्स, ९.९७, सूर्योदय लघुवित्त ९.९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता ९.९५ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ३.८५, ग्लोबल आइएमई लघुवित्त ३.७१, घलेम्दी हाइड्रो ३.४५, रिलायन्स फाइनान्स ३।०८ र एनआईसी एसीया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।

प्रतिक्रिया