काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस र तेस्रो स्थानको एटलान्टाले २–२ को बराबरी खेलेका छन् ।
घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसका लागि दुबै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेका थिए । पाहुना टोलीका लागि भने दुभान जापाटा तथा रुस्लान मालिनोभस्कीले १–१ गोलको योगदान दिए ।
खेलको १६ औं मिनेटमा अलेक्जान्ड्रो गोमेजको पासलाई सदुपयोग गर्दै जापाटाले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । एटलान्टाका मार्टिन डि रोनले डिबक्स भित्र ह्यान्ड गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो ।
८० औं मिनेटमा लुइस मुरिलको पासलाई सदुपयोग गर्दै मालिनोभस्कीले पाहुना टोलीलाई पुन : अग्रता दिलाएका थिए ।
तर, खेलको ९० औं मिनेटमा पुनः पाएको पेनाल्टीलाई सदुपयोग गर्दैै रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
एटलान्टाका मुरिलले डि बक्स भित्र ह्यान्ड गरेपछि युभेन्टसले दोस्रो पेनाल्टी पाएको थियो ।
बराबरीसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँगको अंक दूरी ८ मा पुर्याएको छ । समान ३२ खेल खेलेको युभेन्टसको ७८ अंक हुदा लाजियोको ६८ अंक छ ।
एटलान्टा पनि समान खेलबाट ६७ अंकको साथमा तेस्रो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा लाजियो सासोउलोसँग २–१ ले पराजित हुँदा रोमाले बेरिसियामाथि ३–० को जित निकाल्यो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
