पाल्पा । मरेको भनेर सतगतसमेत गरेर किरिया सकिन लाग्दा त्यही मान्छे टुप्लुक्क घर आइपुगे के हुन्छ ? कल्पनै गर्न नसकिने घटना गुल्मीमा भयो ।
नौ दिन अघिमात्रै मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका १, शिद्देश्वर अर्चले मा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो ।
गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको शव भेटिएको थियो । पुरुषको त्यस शवलाई श्यामशरणको भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।
किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पा अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराउनु भएको थियो ।रासस
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
