बेइजिङ (रासस/सिन्ह्वा/एएनआई) कोरोना भाइरसबाट विश्वभरि सङ्क्रमितको संख्या १ करोड २६ लाखभन्दा बढी पुगेको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार १ करोड २६ लाख ७१ हजार ५ सय ९२ जनामा कोरोना भाइरणको संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित भारतमा ८ लाख २० हजार जना सङ्क्रमित भएका छन् ।
त्यस्तै रुसमा ७ लाख १९ हजार, पेरुमा ३ लाख २२ हजार, चिलीमा ३ लाख १२ हजार, बेलायतमा २ लाख ९० हजार सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २८ हजार सङ्क्रमित थपिए
भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६ सय ३७ जना सङ्क्रमित पुष्टि भएको छ । यस्तै गरी एकैदिन २४ घन्टाभित्र ५ सय ५१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
ब्राजिलमा एकैदिन १ हजार ७१ को निधन
त्यसैगरी ब्राजिलमा एकै दिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित थपिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७१ हजार ४ सय ६९ पुगेको अधिकारीहरुले जनाए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
