• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

पहिरोले बुटवल-तानसेन सडक खण्ड अवरुद्ध


  • खुला नेपाल
  • मङ्लबार, असार ३०, २०७७
  • 14.7K
    SHARES

 

काठमाडौं । पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड सोमबार साँझदेखि अवरूद्ध भएको छ । सोमबार साँझ ५ बजेतिर उक्त सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खसेको थियो ।

पहिरो सँगै माथिबाट ठुलो ढुङ्गा समेत सडकमा खसेकोले उक्त पहिरो हटाउन नसकिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दोभान प्रहरी चौकी नजिकै खसेको उक्त ढुङगा हटाउन ब्रेकरले ढुङ्गा काट्नुपर्ने भएपनि ब्रेकर अहिलेसम्म गएको छैन ।

ट्राफिक प्रहरीका अनुसार ब्रेकरले ढुङ्गा काटेर पहिरो हटाउन सोमबार साँझ नै डिभिजन सडक कार्यालय बुटवललाई भने पनि सोमबार रात परिसकेको भन्दै नगएको बुझिएको छ । रातिदेखि अहिलेसम्म निरन्तर पानी परिरहेकोले पनि पहिरो हटाउन समस्या भएको छ ।

पानी परिरहेकोले डिभिजन सडक कार्यालयले मेसिन पठाउन नसकेको प्रहरीले जनाएको छ । पहिरोको कारण सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा गुड्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया