काठमाडौं । प्यूठानमा सडक निर्माणमा खटिएका मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन् ।
भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुन्टिगढीका हुन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, बाईजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षका रिम बहादुर बस्नेत, १९ वर्षका बिरेन्द्र बाठा मगर, १९ वर्षका थमन बाठा मगर, गोबर्धन बुढा मगर र २५ वर्षका कबिराम बस्नेत छन् । यस्तै रोल्पाको त्रिवेणी गाउँपालकाका २५ वर्षीय ट्याक्टर चालक कमल कुँवर रहेको पौडेलले जानकारी दिनुभयो।
ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
