काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन् ।
४२ बर्षीय थापालाई शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरी निरिक्षक एवं सूचना अधिकारी शंकर खड्काकाअनुसार थापालाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।
थापा विप्लव समूहको राप्ती ब्यूरो सदस्य समेत रहेको अनुसन्धानवाट खुलेको प्रहरीले बताएको छ ।
विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्की दिने, टेलिफोन टावरमाथि बम विस्फोट गराएका जस्ता अभियोग थापामाथि रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
