काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका बेला खुला ठाउँमा पहिरो गएको हो । पहिरोले पुरिए लगत्तै निकालिए पनि उनको मृत्यु भएको उहाँले बताउनुभयो ।
नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
