• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी पहिरो, सडक खुलाउन दुई दिन लाग्ने


  • खुला नेपाल
  • मङ्लबार, साउन ६, २०७७
  • 10.7K
    SHARES

 

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् ।

चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ । मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको ईन्जिनियर अधिकारीले बताउनुभयो । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि उक्त सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताउनुभएको छ ।

“पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन ।” उहाले भन्नुभयो, ”काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।”
अन्य खुला रहेका सडक प्रयोग गर्न उहाँले सुझाव दिनु । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उहाँको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया