काठमाडौं । सुनको मूल्यले आज हालसम्मकै उच्च कीर्तिमान राखेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च कीर्तिमान राखेको हो ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको छ ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ ।
अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
