काठमाडौं । कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।
लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
