• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

विश्वमा एकैदिन थपिए २ लाख ९२ हजार बढी कोरोना संक्रमित


  • खुला नेपाल
  • शनिबार, साउन १७, २०७७
  • 5.1K
    SHARES

 

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रास अदहानम गिब्रिससले कोरोना महामारी विश्वले दशकौँसम्म महसुस गर्ने चेतावनी दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ९२ हजार ५ सय २७ जना कोरोनाको नयाँ संक्रमित फेला परेका छन् । यो अहिलेसम्मकै धेरै संक्रमित भेटिएको घटना भएको डब्ल्युएचओले जनाएको छ ।

शुक्रबार कोरोना कारण एकैदिन विश्वमा ६ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

यसअघि गत २४ जुलाईमा २ लाख ८४ हजार बढी संक्रमित भेटिएका थिए । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा बढी संक्रमित भएका छन् ।

उता, हङकङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रमुख कार्यकारी पदको लागि हुन लागेको चुनाव तत्काललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया