• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक


  • खुला नेपाल
  • आइतवार, साउन १८, २०७७
  • 9K
    SHARES

बुटवल । सडक भासिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।

मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताउनुभयो । प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।

प्रतिक्रिया