काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका १८ जनाको शव नेपाल ल्याइएको छ । आज एकैदिन मलेसियाबाट मात्रै १४ जना नेपालीको शव ल्याइएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहान नेपाल एयरलाइन्सको जहाजले १४ जनाको शवसहित २५२ जना नेपालीलाई ल्याएको छ ।
यस्तै, कतारबाट नेपाल एयरलाइन्सको उडानमार्फत १५३ जना नेपाली आएका छन् । उक्त विमानमा ४ वटा शव पनि ल्याइएको छ ।
बिहान युएईको अबुधाबीको हिमालय एयरलाइन्सबाट १५४ जना नेपाली स्वदेश आएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
