नयाँदिल्ली (रासस/सिन्ह्वा) । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण अध्यधिक भएको छ । पछिल्लो २४ घन्टाभित्र ६२ हजार ५ ष् ि३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । योसँगै कोभिड १९’ सङ्क्रमितको सङ्ख्या भारतमा शुक्रबारसम्म २० लाख नाघेको छ ।
कोरोना सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले रहेको थियो ।
कोरोना संक्रमितमध्ये ४१ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ ।
हाल भारतमा छ लाख ७ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
