• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

विश्वमा १ करोड २५ लाखभन्दा बढी कोरोना मुक्त

झन्डै २ करोडमा भाइरस संक्रमणको पुष्टि


  • खुला नेपाल
  • शनिबार, साउन २४, २०७७
  • 5.7K
    SHARES

जेनेभा (रासस/एएफपी) । विश्वमा एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भई घर फर्किसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ७ लाख २४ हजार १ सय ८६ जनाको मृत्यु भइसकेको संगठनले शनिबार जारी गरे्को प्रोस नोटमा जनाएको छ ।

सो संगठनका अनुसार शनिबारसम्म विश्वभरीमा १ करोड ९५ लाख ४९ हजार ९ सय १ जना कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना सङ्क्रमण मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्तिको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७ सय ४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १ सय ४ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।

एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यसियामा एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया