• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बर्दियामा आजदेखि निषेधाज्ञा जारी


  • खुला नेपाल
  • आइतवार, साउन २५, २०७७
  • 6.3K
    SHARES

 

बर्दिया । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि बर्दियामा आजदेखि पाँच दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहानबाट निषेधाज्ञा लागु गरिएको हो ।

समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमण भेटिएको र समुदायस्तरमा थप संक्रमित भेटिनसक्ने खतरा बढेको भन्दै फैलावट रोक्न निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया